-->
सुकमायालाई बाँच्ने मन तर उपचार गर्ने खर्च भएन
Advertisement

सुकमायालाई बाँच्ने मन , तर उपचार गर्ने खर्च भएन

मृगौलामा इन्सफेक्सन भएर उपचार गर्ने आर्थिक खर्च अभावमा मोरङ राजघाट—७ आसामेटोल कि सुकमाया लिम्बू जिवन र मरणको दोसाधमा छिन् । २४ बर्षिया छोरी सुकमायाको उपचार सम्भव हुने चिकित्सकले बताएका छन् । यद्यपि,सुकमायाको परिवारसँग उपचार गर्ने खर्च छैन् । 

त्यसैले सुकमायाको उपचारको लागि परिवारले सहयोगको याचना गरेको छ । नोबेल हस्पिटलमा उपचार गरिरहेकी लिम्बूको आर्थिक स्थिति नाजुक छ भने उपचार गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्म खर्च सुकमायाको परिवारले गरिसकेको छ । उनको आमा देवीमाया लिम्बूले हस्पिटलमा उपचार गरिरहेकी छोरीलाई बचाईदिन आग्रह गरेकी छिन् । केही गरौ भन्ने युवाअवस्थामा छोरी हस्पिटलमा थलिएपछि लिम्बू परिवारमा निराशा छाएको छ । उनको सहयोगको लागि ९८१३८८९२६३ लिला लाम्गादे र ९८१३०१६०२५ राजकुमार योञ्जनलाई फोन गरेर सहयोग गर्न सक्नुहुनेछ । त्यस्तै सुकमायाको मामा आसबहादुरलाई ९८०७३८१३९८ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

सुकमायाको उपचारको लागि ५ लाख रुपैंया आवश्यक रहेको बताइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.