काठमाडौं—एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखा परेका समस्यालाई राष्ट्रिय एकता कायम गरेरै सामना गरिने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाद्वारा आज आयोजित केन्द्रीय स्कुल तथा कार्यशालालाई सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनावश्यक टीकाटिप्पणी गर्ने अधिकार कोही कसैसँग नभएको बताए। 'मुलुकमाथि आइपरेको आम चुनौतिको सामना गर्न हामीले राष्ट्रवादको झन्डा उठाइरहेका छौं, राष्ट्रियताका रक्षाका लागि एकताको जरुरी छ', उनले भने।एक अर्को प्रसङ्गमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्ध नक्कल गर्ने खराब रोगका कारण समस्या पैदा भएको छ भन्दै अब समयानुकूल क्रान्तिको विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मोर्चाका अध्यक्ष दलजित श्रीपालीले नयाँ संविधानमा संस्थागत अधिकारलाई व्यावहारिक रुपमा कार्यान्यवन गर्न मोर्चाले विशेष पहल गर्नुपर्ने बताएका थिए।
कार्यशालामा एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल र एमाओवादीका सल्लाहकार रणेन्द्र बराइलीले नेपालको दलित आन्दोलन, वर्तमान र आगामी बाटाका बारेमा प्रशिक्षण दिएका थिए। रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...