काठमाडौं, ३१ वैशाख । चीनले आश्चर्यजनक कदम उठाउँदै भारतसँग जोडिएका आफ्ना सीमामा सुरक्षाकर्मी बढाएको छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको प्रथम पृष्ठमा प्रकाशित समाचारमा भारतविरुद्ध आक्रामण हुँदै बेइजिङले भारतसँग जोडिएका सीमाहरुमा सुरक्षाकर्मीको संख्या बढाएको हो ।
चीनले तिब्बत सैन्य कमाण्डलाई पीपल्स लिबरेशन आर्मी (पीएलए)को स्थलसेना अन्तर्गत समावेश गरेर उसको उन्नती पनि गरेको छ । चीनले यो कमाण्डको प्रयोग ‘भविष्यमा कुनै सैन्य युद्धक अभियान’का लागि गर्न सक्छ ।
अब पीएलएमा तिब्बती सेना पनि मिसिएको छ र यो निकै शक्तिशाली बनेको छ । यी दुबै मिलेर बनेको सेना सीमामा खटाइएको छ । अचानक गरिएको यो निर्णय भारतीयहरुको टाउको दुखाईको विषय बनेको छ ।
यसलाई परिचालन गर्ने र नियन्त्रण गर्ने अधिकार सीएमसी (केन्द्रीय सैन्य आयोग)ले गर्नेछ । जसको अध्यक्षता सिधै राष्ट्रपति सी जिनपिङले गर्छन् । जो सत्ताधारी कम्युनिष्ट पार्टीका प्रमुख पनि हुन् ।
यो सेनाले सात इलाका बेइजिङ, नान्जिङ, चेन्दू, जिनान, शेन्यांग, लांझोउ र ग्वांगझूमा बसेर भारतसँग सीमा जोडिएका अरुणाञ्चल, तिब्बतसँग जोडिएको भारतको पूर्वी सेक्टर, कश्मीर, पाकिस्तानको पश्चिमी सेक्टरमा गस्ती गर्दै आइरहेको छ । अब झन सशक्त रुपमा चिनियाँ सेना सीमामा गस्तीमा उत्रिने भएपछि भारत चिन्तित रहेको भारतीय पत्रिका नवभारत टाइम्स ले जनाएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...