-->
उपेन्द्रलाई राजेन्द्रको चुनौति- मधेशी मोर्चालाई आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ
Advertisement

काठमाडौं, १२ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कसैले पनि आर्यघाटमा पुर्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।
सदभावना पार्टी सम्पर्क कार्यालय थापागाउँमा संचारकर्मीहरूलाई प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताको लागी लेखेको पत्र सम्बन्धमा प्रतिक्रिया दिंदै मोर्चाले पठाएको पत्रले सरकारबाट आन्दोलनको मागबारे पनि चित्तबुझ्दो जवाफ नपाएसम्म मोर्चा वार्तामा बस्नुको कुनै औचित्य नरहेको स्पस्ट पारे ।sapana
सरकारले गत वैशाख २६ गते मोर्चालाई वार्तामा आउनका लागि पत्र पठाएको थियो । जसको जवाफमा मोर्चाले वैशाख ३० गते सरकारलाई पुनः पत्र पठाएको थियो । त्यही पत्रको आधारमा जेष्ठ १० गते सरकारले दोस्रो पत्र पठाउँदै मोर्चालाई वार्तामा आउन आग्रह गरेको छ ।
महतोले मोर्चाको चाँडै बस्ने बैठकले सरकारसँग वार्ता गर्ने नगर्ने वा पत्र लेखेर नै जवाफ दिनेबारे निर्णय गरिने पनि बताए । अहिले मोर्चा सहितको संघिय गठबन्धनले आन्दोलन गरिरहँदा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा बस्न पठाएको पत्रले संघिय गठबन्धनमा खैलाबैला मच्चाएको बेला महतोले भने– ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आफ्नो ईतिहास छ । बिगत ६–७ महिना देखी यही मोर्चाको ब्यानरमा ऐतिहासिक आन्दोलनमा पाँच दर्जन आन्दोलनकारीले शाहदत दिएको छ, मोर्चाको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान र मान्यता पनि छ ।’ उपेन्द्र यादवतर्फ संकेत गर्दै महतोले केही नेताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भैईसकेको भनाईप्रति कडा रूपमा प्रस्तुत हुँदै भने– ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कैसैले आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ ।’
महतोले ‘सरकार वार्ताप्रति पटकै ईमान्दार छैन् । सरकारले आन्दोलन तुहाउन र देश बिदेशलाई देखाउनलाई मात्रै वार्ताको लागी आहवान गरेको’ आरोप समेत लगाए । मोर्चाले सरकारसँग ३६ पटक वार्ता गरेको तर सरकार कहिले गम्भीर नभएको पनि बताए । आफुहरूले दुई दुई महिना आन्दोलनको स्वरूप परिवर्तन गरे पनि सरकारले वार्ताको वातावरण नबनाएको आरोप समेत लगाए । ‘सरकारले आन्दोलनमा मारिएकालाई शहिद घोषणा तथा क्षतिपूर्ति प्रदान, घाईतेहरूलाई उपचार र आन्दोलनकारीहरू माथि लगाईएको मुद्दा फिर्ता गरेर वार्ताको वातावरण बनाउनुपर्छ’ महतोले भने ।
महतोले अन्तरिम सम्बिधानमा पाएको अधिकार पनि खोसियो र बिभिन्न आन्दोलनकारीहरूसँग भएको सम्झौताहरूलाई लत्याउँदै कोईराला, ओली र दाहालले प्रतिगामी सम्बिधान बनाएको आरोप समेत लगाए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.