-->
एलोभेराका १० फाइदा !
Advertisement


faida

घ्युकुमारी स्वास्थ्य र सुन्दरताका लागि निकै फाइदाजनक मानिन्छ। यसलाई अंग्रेजीमा एलोभेरा भनिन्छ र यसमा भिटामीन ए, बी, बी १२का साथै फोलिक एसिड, क्याल्सियम, म्याग्नेशियम र पोटासियम जस्ता तत्वहरु पाइन्छन्।

यसका केही फाइदाहरु यस्ता छन्ः
१. यसको जुसले शरीरको अनावश्यक तौल घटाउन मद्दत गर्छ।
२.मुटुका रोगहरुको सम्भावना न्यूनिकरण गर्न एलोभेरा जुस निकै लाभदायी मानिन्छ।
३.रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ।
४.दैनिक बिहान एक चम्चा एलोभेरा जेल खानाले पिसाब पोल्ने र संक्रमण हुने सम्भावना कम गर्छ।
५.राती सुत्नेबेला हरेक दिन एलोभेरा जुस खानाले पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन।
६.पोलेको ठाउँमा एक चम्चा एलोभेरा जेलमा एक चम्चा मह मिसाएर लगाउनाले राहत मिल्नुका साथै दाग पनि हट्दै जान्छ।
७.हप्ताको एकपटक कपालमा एलोभेरा जुस लगाउनाले कपाल बाक्लो र मुलायम हुँदै जान्छ।
८.एलोभेरा जेललाई बेसारसँग मिसाएर मनतातो हुने गरी तताउने र दुखेको ठाउँमा लगाउने। यसले मर्केको, हाडजोर्नीको दुखाइमा राहत दिन्छ।
९.यसमा पाइने भिटामीन र खनिजहरुले हानिकारक कीटाणु र भाइरल संक्रमणबाट जोगाउँछ।
१०.एलोभेरा जेल अनुहारमा लगाउनाले दागधब्बा कम हुनुका साथै छाला कोमल र जवान बनाउन मद्दत गर्छ।

तर कलेजोसँग सम्बन्धीत रोग भएका, गल ब्ल्याडरको समस्यामा र गर्भवती महिलाले भने एलोभेरा सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ। त्यस्तै अन्यले पनि आफ्नो शरीर र छालाको अवस्था पहिचान गरेर मात्र प्रयोग गर्न सुझाव दिइएको छ।

एसएलसी परीक्षा सुरुः मन्त्री नै अनुगमनमा, विद्यार्थीमा भय र त्रास छैन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.