-->
एमाओवादी छाडेको ६ महिनामै बाबुरामले गरे चमत्कार ! प्रचण्डलाई कडा जवाफ
Advertisement

काठमाडौं, ७ जेठ । गत असोज ३ गते संविधान घोषणा भइसकेपछि एकीकृत माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६ महिनामै चमत्कार गरेका छन् ।
उनले तत्कालिन एमाओवादी (अहिलेको नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिँदै नयाँ शक्ति नेपाल पार्टी बनाएर चमत्कार गरेका हुन् ।bamrom
उक्त पार्टीको घोषणा मिति शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर संयोजक बाबुरामले नै सार्वजनिक गरेका छन् । जसअनुसार आउँदो जेठ ३० गते राष्ट्रिय भेला गरेर नयाँ शक्ति नेपाल पार्टी घोषणा गरिनेछ ।

पार्टी छाडेको हप्ता दिनमै नयाँ शक्ति नेपाल अभियान सुरु गरेका बाबुरामले ६ महिनाको अवधिमा नयाँ शक्तिमा एक लाख जनतालाई सदस्य बनाएर पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
६ महिनामै नयाँ शक्ति नेपाल पार्टीका लागि एक लाख सदस्य बनाएर बाबुरामले चमत्कार गरेका हुन् । यिनै एक लाख सदस्यको सहभागितामा जेठ ३० गते पार्टी घोषणा गर्ने जानकारी बाबुरामले शुक्रबारको पत्रकार सम्मेलनमा दिए । उनका अनुसार जेठ ३१ र ३२ गते पार्टीको बन्दसत्र चल्ने छ ।
नेपाललाई समृद्धि र विकासतर्फ लाने दृष्टिकोण लिएर पार्टी अघि बढ्ने भन्दै बाबुरामले राष्ट्रिय भेलाका लागि नयाँ शक्तिले १४ वटा उपसमिति गठन गरेको बताए ।
प्रचण्डलाई कडा जवाफ
यसैबीच नयाँ शक्ति नेपालका नेता बाबुराम भट्टराईले पार्टी एकताका प्रचण्डले लागि गरेको आह्वान भ्रमित पार्ने खालको मात्रै भएको बताए ।
शुक्रबारको पत्रकार सम्मेलनमा बाबुरामले १० माओवादी घटकबीच भएको एकताप्रति संकेत गर्दै यसले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
सुकेका ठुटाहरु कलमी गरेर रुख बनाउन नसकिए जस्तै, माओवादीबीचको एकताले भनिएको भ्रमले पनि देशको अहिलेको आवश्यकता पूरा गर्न नसक्ने उनको भनाई थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार एकतामा आउन गरेको आग्रहको जवाफमा उनले यस्तो बताएका हुन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.