-->
ओली र गौतमबीच खटपट, बालुवाटार नछाड्ने ओलीको अडानपछि वामदेवले भने, ‘नत्र बेइमानी भइन्छ’
Advertisement

जेठ, काठमाडौं ।‘जेन्टलमेन एग्रिमेन्ट हो, म जेन्टलमेन नबने सकिगो नि !’ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न आएका पार्टी नेता समक्ष बोलिहाले । प्रधानमन्त्री ओलीलाई ‘यति सजिलै सत्ताबाट हट्नु हुँदैन, एमाले नेतृवमा पो यो गठबन्धन बनेको हो त ।

गठबन्धनका सबैले हामीले भन्नासाथ एमाओवादीलाइ समर्थन नगर्न पनि सक्छन् हामीले प्रचण्डलाई छाड्ने र अरुले समर्थन नगर्ने अवस्था बन्यो भने अस्थिरताको अवस्था आउन सक्छ! भानुभक्त ढकालसहित सहभागी भएको केपी निकट एमाले नेताका समुहले बालुवाटारको एक बैठक कक्षमा ओलीलाई सुझाव दिँदै थिए ।

केही नेताले सजिलै एमाओवादीलाई सत्ता सुम्पनु हुँदैन भन्ने कोणबाट कुरा राखिसकेपछिको थोरै समयको शान्त वातावरणलाई चिर्दै ओलीले ठट्यौली शैलीमा उक्त भनाई राखेका हुन् ।

यता, सरकार सहजै नछाड्न बालुवाटारमा भएको कुराकानीको यो प्रसंग जस्ताको तस्तै वामदेव समक्ष पनि पुग्यो ।

वर्तमान गठबन्धन जोगाउने सुत्रधार वामदेवले सहजै भने ‘सम्झौता कार्यान्वयन त जसरी पनि गर्नुपर्छ नत्र हामी बेइमान भइहाल्छौँ ।’ वामदेवको अप्ठ्यारोतर्फको संकेत गर्दै फेरि प्रश्न उठ्या ‘तपाईले नै अगुवा भएर सहमति गर्नुभयो, सहमति गराउँदा जति खट्नुभयो पालना गराउन झन् महाभारत पर्लाजस्तो छ ।’ यसपछि त वामदेवले भने, ‘रुनै थालेपछि त के गर्नु त ? उनको संकेत प्रचण्डले कांग्रेसको समर्थनमा मै प्रधानमन्त्री बन्ने हो, मलाई समर्थन गर्नुस् नत्र छाड्नुस भनेर केपी समक्षी प्रस्ताव राखेपछिको प्रधानमन्त्रीको अवस्थाप्रति थियो ।’ जनआस्था साप्ताहिकमा खबर छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.