काठमाडौं, २ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा जर्नेल खटाउने नेपाली सेनासँग रक्षा मन्त्रालयले स्पष्टिकरण मागेको छ ।
सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा समाचार र महानायक राजेश हमालसम्मले जर्नेल पठाउने नेपाली सेनाको कदमको विरोध गरेपछि रक्षा मन्त्रालयले चिठ्ठी लेखेर सेनालाई त्यसबारे जवाफ मागेको हो ।
रक्षा मन्त्रालयका सचिव महेश दाहालले सेनाको उक्त कदमप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै सेनासँग त्यसबारे के–के भएको हो जानकारी देउ भनेको बताए ।
सैनिक श्रीमती संघले आयोजना गरेको अमरपक्षी नामका कन्सर्टका लागि काठमाडौं आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई रिसिभ गर्न नेपाली सेनाका जर्नेल समीर थापासहितको टोली एयरपोर्ट पुगेको थियो ।
dainiknepal
सैनिक श्रीमती संघले आयोजना गरेको अमरपक्षी नामका कन्सर्टका लागि काठमाडौं आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई रिसिभ गर्न नेपाली सेनाका जर्नेल समीर थापासहितको टोली एयरपोर्ट पुगेको थियो ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...