-->
ब्लड ग्रुपले निर्धारण गर्छ तपाईंको स्मरण शक्ति !
Advertisement

एजेन्सी । दुर्लभ रगत समुह र कमजोर स्मरण शक्तीबीच केही सम्बन्ध रहेको एक अध्यनले देखाएको छ । एक अमेरिकी अनुसन्धानका अनुसार एबी रगत समुह भएका मानिस विश्वमा ४ प्रतिशत छन् । यो रक्त समुह भएका व्यक्तिहरुमा उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि ह्रास हुँदै जाने हुन सक्छ । न्यरोलाेजी पत्रिकामा हाल प्रकाशित एक अध्ययनअनुसार बर्लिगटनस्थित वरमान्ट कलेज अफ मेडिसिनका डाक्टर मेरी कुशमैनको नेतृत्वको टीमले अमेरिकामा करिब ३० हजार मानिसमा यो अनुसन्धान गरिएको थियो ।

Blood samples in test-tubes

अध्ययनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको अनुसन्धानमा ४ सय ९५ जनाको स्मरण शक्ति कमजोर भएकाे तथ्य फेला परेकाे थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५ सय ८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या नभएकाे अनुसन्धानले देखाएकाे छ । अनुसन्धानका अनुसार एबी रगत समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत मात्र रहेको छ । एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.