-->
अब चीन–नेपाल–भारतबीच सहकार्य गरेर अगाडि बढ्ने
Advertisement

काठमाडौं, ८ जेठ । चीन, नेपाल र भारत परराष्ट्र मामिला विज्ञहरुले एसियाको उन्नतिका लागि चीन, नेपाल र भारतबीच पूर्वाधार र उर्जा विकासमा त्रिदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा आयोजित ‘चीन–नेपाल–भारत सम्बन्धका प्रमुख प्रवृत्तिहरु र नेपालका लागि नयाँ विकास रणनीति’ बिषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनका वक्ताहरुले चीन, नेपाल र भारतबीच पूर्वाधार र उर्जा क्षेत्रमा सहकार्यका लागि प्रचुर सहकार्यको सम्भावना औंल्याएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

Chinese-Rail

चीनको छेङदुस्थित इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजका प्रोफेसर डाई योङ्हङ्ले चीनले नेपाल र भारतसँगको संबन्धलाई उत्तिकै महत्व दिइरहेको उल्लेख गर्दै यी दुवै मुलुकसँग रेल र सडक सञ्जाल विस्तारमा सहकार्य गर्न चीन इच्छुक रहेको बताए ।

चीनले अघि बढाएको वान बेल्ट वान रोड सम्बन्धि अवधारणा समावेशी र खुल्ला चरित्रको रहेको उनले उल्लेख गरे ।

‘वान बेल्ट वान रोड रणनीतिमा कसैको हार कसैको जित भन्ने हुँदैन । यसले चीन र सबै मुलुकबीचको आपसि हितको मान्यता राख्छ। यसमा सहभागी हुन भारत हिच्किचाउनु हुँदैन । यदी सुरक्षा संवेदनशीलतालाई लिएर भारतका केही शंशय छन् भने छलफलबाट ती बिषय समाधान गर्न सकिन्छ’, उनले भने ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.