महान वैज्ञानिक स्टेफन हकिन्सले भनेका छन्, ‘विज्ञन र प्रविधि नै आधुनिक मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो ।’ यानिकी जुन विज्ञानलाई हामी मानवताको रक्षक मान्छौं, त्यही विज्ञानले मानव सभ्यताको अन्त्य गर्ने खतरा छ ।
यो दावी त्यस्तो व्यक्तिले गरेका हुन्, जसलाई आधुनिक आइन्स्टाइन मानिन्छ ।
ब्ल्याक होल्सको प्रकृतिबारे लेक्चरका दौरान हकिन्सलाई सोधिएको थियो, ‘संसारको अन्त्य कसरी होला ? प्रकृति या मानिसकै कारण ?’ जवाफमा हकिन्सले भने, ‘मानव सभ्यताका लागि ज्यादातर खतरा विज्ञान र प्रविधिको विकासले नै निम्त्याउनेछ । यसमा परमाणु युद्ध, प्रलयकारी ग्लोबल वार्मिङ तथा जेनेटिकली इञ्जिनियर्ड भाइरसजस्ता खतरा सामेल छन् ।’
अबको हजारदेखि १० हजार वर्षभित्रमा प्रलय निश्चित रहेको दावी गर्दै उनले सो प्रलयले मानवताको नै अन्त्य भने नगर्ने विश्वास व्यक्त गरेका छन् । त्यतिबेलासम्म अन्य ग्रहमा केही मानिस पुगिसकेको हुने उनको दावी छ । अन्य ग्रहमा पुगेका मानिस बच्नेछन् ।
हकिन्सले रमाइलो मुडमा भने, ‘यद्यपी हामीले कम्तिमा पनि आउँदो १०० वर्षभित्र अन्तरिक्षमा आफ्ना लागि अपार्टमेन्ट बनाइसकेका हुनेछैनौं । त्यसैले यस अबधीमा हामी सावधान रहनु जरुरी छ ।’
साथै उनले यो पनि भनेका छन्, ‘प्रलयको डरले प्रविधिको विकासलाई रोक्न सक्दैनौं, न त यसबाट पछि फर्किन नै । त्यसैले खतरा पहिचान गरेर त्यसलाई न्युनिकरण गर्नु जरुरी छ । म आशावादी मान्छे हुँ । मलाई विश्वास छ, हामी त्यो गर्नसक्छौं ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...