-->
यि रोगका कारण दुई महिनामा १८ नेपालीको कतारमा मृत्यु (नामसहित)
Advertisement

वैशाख २३
काठमाडौं- रोजगारीका लागि कतार पुगेका १८ नेपालीको दुई महिनाको अन्तरालमा विभिन्न रोग तथा समस्याका कारण मृत्यु भएको छ ।
कतारस्थित नेपाली दूताबासले नेपालमा पठाएको जानकारी अनुसार गत फेब्रुअरी र मार्च महिनामा स्वासप्रस्वास, उच्चरक्तचापका कारण उत्पन्न समस्या तथा हृदयाघातका कारण १५ जनाको र डिप्रेसनका कारण आत्महत्या गरी ३ जनाको मृत्यु भएको हो ।
दुतावासले दिएको जानकारी अनुसार रक्तचापबाट उत्पन्न हुने समस्याहरु, श्वासप्रस्वास र हृदयाघातका कारणबाट मृत्यु हुनेमा जाजरकोटका बद्रीबहादुर विके, सिन्धुलीका इन्द्रजित थिङ, रुपन्देहीका अइनुस पठान, पाँचथरका गोपाल सेञ्चुरी, दाङका धने खड्का, सिरहाका पर्शुराम पासवान, रोल्पाका नरसिंङ बुढा, कान्छाराम तामाङ, तनहुँका रिमनसिंह चौधरी, कपिलबस्तुका मोहम उमर, नवलपरासीका सुरज नारायण चौधरी, पाँचथरका दिकुमार राई, सुनसरीका विश्वेश्व्र यादव र स्याङ्जाका थमबहादुर धर्ती रहेका छन् ।
यसैगरी, डिप्रेसनका कारण आत्महत्या गर्नेमा दाङका मेघराज खनाल, रामेछापका सविन दर्नाल र मोरङका घनश्याम दर्जी रहेका छन् ।
चिकित्सकहरुका अनुसार उच्च महत्वकांक्ष, कामको धेरै बोज, लागुपदार्थको सेवन लगायतका कारण विदेशिएका युवामा डिप्रेसनको समस्या देखिने गरेको छ । यस्तै अत्याधिक मदिरा सेवन, धुम्रपान, अस्वस्वस्थ खानपिन र अत्याधिक कार्यभार र तनावका कारण मुटु तथा स्वासप्रस्वासको बिरामी बन्ने गरेका छन् ।
-स्वास्थ्य खबरपत्रिकाबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.