
यसै सन्दर्भसँग जोडिएर भर्खरै एउटा तथ्यांक बाहिर आएको छ । नेपाललाई पछिल्लो समयमा सबैभन्दा धेरै चीन र भारत कुनचाहिले सहयोग गरिरहेका छन् त ? पछिल्लो सन् २०१४ /१५ को तथ्यांकले भन्छ, ‘भारतको तर्फबाट नेपाललाई दिने सहयोगमा ५० प्रतिशतले गिरावट आएको छ ।’
चीन सन् २०१४ /१५ यता नेपाललाई सहयोग गर्ने राष्ट्रहरुमा सबैभन्दा अगाडि देखिएको छ ।नेपाललाई थुप्रै राष्ट्रहरुले वित्तियदेखि सबै किसिमका सहयोगहरु गर्दै आइरहेका छन् । चीन, अमेरिका, बेलायत, फ्रान्स, जापान, भारत लगायतका राष्ट्रहरु यो पंक्तिमा पर्छन् । तर पछिल्ला वर्षहरुमा नेपाललाई सहयोग गर्ने राष्ट्रहरुमा भारत पाँचौ नम्बरभन्दा पछि परेको तथ्यांक समेत पाइएको छ । चीनले सन् २०१४ /१५ मा नेपाललाई ३७.९५ मिलियन डलर सहयोग गरेको देखिन्छ भने भारतले २२ मिलियन डलरमात्र सहयोग गरेको छ ।
यसबाट के पुष्टि हुन्छ भने नेपाललाई सहयोग गर्ने राष्ट्रहरुमा चीन भारतभन्दा निकै अगाडि पुगिसकेको छ । विशेषगरी चीन र भारतले नेपाललाई प्राविधिक रुपमा धेरै सहयोग गरिरहेका छन् ।
गतसाल गएको भूकम्पमा यी दुई छिमेकीले प्राविधिक लगायत आर्थिक सहयोग समेत गरेका थिए ।त्यसबेला भारतले नेपालका लागि १४०० मिलियन सहयोग गरेको बताएको थियो भने चीनले ७६६ मिलियन सहयोग गरेको तथ्यांक बाहिर आएको थियो तर समग्र तथ्यांक हेर्दा चीन निकै अगाडि देखिएको छ ।
पछिल्लो वर्ष नेपाल–भारत सम्बन्धमा आएको कटुता पछि चीनले सहयोगलाई निकै बृद्धि गरिरहेको देखिएको छ ।नेपालका प्रधानमन्त्री केपी ओलीले गरेका दुवै छिमेकी राष्ट्रहरुको राजकीय भ्रमण उत्तिक्कै फलदायी भएको बताइएपनि सबैभन्दा बढी प्रभाव चीनले जमाउन सफल भएको समेत विश्लेषण गरिदै आएको छ ।चीनको यति धेरै प्रभाव नेपालमा देखिन थालेपछि भारत झस्किएको समेत विश्लेषकहरु बताउने गर्छन् । काठमाण्डाै टुडेबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...