-->
यसरी बचाउँदैछ,नेपालले भारतका ३३ करोड जनताको प्राण !
Advertisement

एजेन्सी– भारतले इतिहासमै पहिलोपटक खडेरीबाट उकुसमुकुस भएका आफ्नो मुलुकका करिब तेत्तिस करोड जनतालाई बचाउन नदी स्थानान्तरण कार्यक्रम लागू गरेको छ ।

भारतका प्रमुख नदीहरुमध्ये गंगा र ब्रम्हपुत्र लगायतका नदीहरुको पानी खडेरीले सुख्खाग्रस्त भएका स्थानहरुमा लैजाने तयारी गरेको हो ।

यो योजना भारत स्वतन्त्र भएको सन् १९४७ सालयताकै इतिहासमै पहिलोपटक लागू गर्न लागिएको योजना भएको भारतीय जलश्रोत मन्त्री उमा भारतीले बताएकी छन् । खडेरीले तातेका करिब तीस ठाउँमा विभिन्न नदीहरुलाई जोड्ने तयारीमा भारत लागेको बताइएको छ ।

आइएलआर योजना अन्तर्गत सुरु भएको सो विशाल अभियानमा भारतले आफ्नै मुलुकभित्र उद्गमस्थल रहेका १४ वटा हिमनदी र भारतीय प्रायद्धिपमा रहेका १६ वटा नदीहरुलाई उपयोग गर्नेछ ।

तीमध्ये गंगा र ब्रम्हपुत्र पहिलो प्राथमिकतामा पर्नेछन् । गंगा र ब्रम्हपुत्र भारतीय प्रायद्धिपसँग जोडिएका नदी भनिए पनि यी नदीहरुमा नेपालका नारायणी, सप्तकोशी, मेची लगायतका थुप्रै नदीहरु मिसिएका छन् ।

यो योजनामा नेपालबाट बगेका नदीहरुको समेत महत्वपूर्ण योगदान रहने देखिन्छ । किनभने नेपालका सप्तकोसी, नारायणी लगायतका ठूला र मुख्य नदीहरुले गंगा नदीजस्तो विशाल नदी र अन्य नेपालकै नदीहरुले ब्रम्हपुत्र नदी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालका प्रमुख नदी र भारतको नदी जडान योजनामा समेत यी नदीहरु उच्च प्राथमिकतामा रहँदै आएका छन् । यो योजना सिंचाई र खानेपानी लक्षित दिर्घकालीन योजना समेत रहेको बताइएको छ ।

यद्यपि, वातावरणविदहरुले यो योजनाले पर्यावरणीय प्रकोप निम्त्याउने भन्दै त्यसको विरोध गरिरहेकै बेला भारतको सर्वोच्च अदालतले त्यसको कार्यान्वयनका लागि आदेश दिइसकेको छ ।Kathmandutoday 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.