-->
प्रम ओलीलाई भारतीय नेताको ठाडो चुनौती
Advertisement

जेठ १० । भारतीय नेताहरूले नेपाल र भारतबीचको सम्बन्ध कसैले बिगार्ने प्रयत्न गरे त्यो सह्य नहुने बताएका छन् । जसले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न खोज्छ, त्यसको भारतले डटेर प्रतिकार गर्ने उनीहरूको भनाइ थियो । भारत भ्रमणमा रहेका नेपाली पत्रकार टोलीसँगको अन्तक्र्रियामा भारतका ऊर्जामन्त्री पियुस गोयल र भारतीय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष डा. विनय सहर्षबुद्धले नेपालको भारतसँग जस्तो गहिरो सम्बन्ध अन्य मुलुकसँग रहन नसक्ने दाबी गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध अरूसँग तुलना गर्नसमेत नहुने बताए । उनीहरूले चीनको नाम प्रत्यक्ष रूपमा नलिए पनि पछिल्लोपटक नेपाल र चीन सरकारबीच भएका विभिन्न सम्झौताप्रति घुमाउरो पारामा असन्तुष्टि जनाए । भारतीय जनता पाटीका वरिष्ठ उपाध्यक्ष डा. विनय सहर्षबुद्धले भने, ‘नेपाल र भारतबीचको सम्बन्धमा कसैले द्वन्द्व निम्त्याउने प्रयत्ने गरे खुलेरै त्यसको प्रतिकारमा लाग्छौं ।’ ‘नेपाल–भारत सम्बन्धमा कसैले द्वन्द्व निम्त्याउन प्रयत्न गर्न सक्छ तर त्यसप्रति भारत चनाखो छ । त्यसको प्रतिकार गर्न भारत सक्षम छ’, भाजपाका उपाध्यक्ष सहर्षबुद्धले भने । त्यसरी सम्बन्ध बिगार्न खोज्नेप्रति नेपाल पनि चनाखो रहनुपर्ने उनको धारणा छ । नेपाल र भारतबीच रगतको सम्बन्ध भएको उनले टिप्पणी गरे । भारतले नेपाललाई हिन्दु राष्ट्रका रूपमा हेर्न चाहेको हो भन्ने प्रश्नमा उनले भने, ‘धर्मका बारेमा निर्णय गर्ने अधिकार नेपाली जनतामा निहत छ । हामी शुभेच्छुक मात्रै हो । अन्तिम निर्णय नेपाली जनताकै हुन्छ ।’ भारतीय सरकारका ऊर्जामन्त्री पियुस गोयलले नेपालको सार्वभौमिकता र एकतामा कसैले पनि आँच पुर्याउन नसक्ने बताए । विद्युत् मन्त्रालयमा आइतबार आयोजित अन्तक्रियामा मन्त्री गोयलले भारत सरकारका लागि भारत र नेपाल दुवै मुलुकको एकता र सार्वभौमिकता उत्तिकै महत्त्वपूर्ण भएको बताए । नेपालको राष्ट्रिय एकता र सार्वभौमिकताप्रति भारतको भूमिका खतरापूर्ण नभएको भन्दै मन्त्री गोयलले भारत सरकार नेपालसँग काँधमा काँध मिलाएर काम गर्न तयार रहेको बताए । मन्त्री गोयलले नेपालको हित नै भारतको हित भएकाले दुई मुलुकबीचको सम्बन्ध बलियो हुनु अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘सम्बन्धमा ससाना तिक्तता आउन सक्छ तर त्यसलाई मिलाएर लैजानुपर्छ ।’ नेपाल र भारतबीच पछिल्लो समयमा देखिएको तिक्ततापूर्ण सम्बन्धप्रति इंगित गर्दै मन्त्री गोयलले भने, ‘राजनीति र कूटनीतिमा भएका बार्गेनिङको कहिल्यै विरोध गर्नु हुँदैन । त्यो सामान्य हुन्छ तर त्यसको प्रभाव जनतामा भने देखिनु हुँदैन ।’ अन्नपुर्ण पोष्टमा खबर छ । भारतीय जनता पार्टी र भारत सरकार दुवैले नेपालको समृद्धि चाहेको उल्लेख गर्दै मन्त्री गोयलले भारत र नेपालको सम्बन्ध एक शरीरका दुई अंग भएको टिप्पणी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई महत्त्वका साथ हेरेको र भारत सरकार नेपालका समृद्धिका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताए । फरक प्रसंगमा ऊर्जामन्त्री गोयलले नेपालमा बढिरहेको लोडसेडिङ अन्त्यका लागि भारतले नेपालका महत्त्वपूर्ण जलविद्युत् योजनामा हात हालेको बताए । उनले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि दुवै देश लोडसेडिङमुक्त हुने बताए । अनलाइन साझा खबरबाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.