हामी ६५ हजार भारतिय गोर्खा सैनिक संग सिंगो भारत हल्लाउन सक्ने क्षमता छ । तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ ।
मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र
-संग्राम किराती
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब !
म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत-पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नु छ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।
म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुु पर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै सबै उतै छन् । सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो ।
सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
मलाई माफ गर्नुहोस् !
तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मन विरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, मैले भारतीय सेनाको नवौ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासन विपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासन भन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देश माथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशुु आउँदो रहेछ ।Gorkhali khabar



0 comments
प्रतिक्रिया दिनुहोस्...