काठमाडौं, ३१ वैशाख । केपी ओली नेतृत्वको सरकार परिवर्तन गराउन लागि परेको नेपाली काँग्रेस मुलतः असफल देखिएको छ ।
काँग्रेसको अल्पमत पक्षले सभापति शेरबहादुर देउवाले कुनै तयारी नै नगरिकन सरकार परिवर्तनको योजना अगाडि सारेका कारण असफलता हात लागेको भन्दै सभापतिले पार्टी डुबाएको आरोप लगाउन थालेका छन् ।
विशेषगरी १३ औं महाधिवेशनमा सभापतिको पदमा हारेका रामचन्द्र पौडेल पक्षधरले सभापति देउवाका कारण काँग्रेस असफल भएको भन्दै उनीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।
काँग्रेसका नेताहरु प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्रप्रसाद रिजाललगायत दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताले काँग्रेस सभापति देउवा र उनको नजिकका मान्छेहरुको ताल ठिक नभएको भन्दै आपत्ति जनाइसकेका छन् । देउवाको तरिका नै ठिक नभएको भन्दै उनीहरुले पार्टीलाई रसातलमा पुर्याएको बताएका छन् ।
त्यसो त पछिल्लो पटक सरकार परिवर्तनको खेलमा देउवाले खेलेको खेल कच्चा खेल भन्दा फरक थिएन । आफू भित्रका समेत नमिलाकन एमाओवादीसँगको सम्वाद गर्नु नै उनको लागि घातक बनेको छ । खुला रुपमा भारतीयलाई हस्तक्षेपका लागि काँग्रेस परिचालित भएको जनताको नजरमा स्थापित भएको भन्दै काँग्रेस भित्रै उठेको असन्तुस्टिलाई सम्बोधन गर्ने तर्फ देउवाले कुनै कदम चालेका छैनन् । त्यसो त उनले कुन विषयलाई सार्वजनिक गर्ने हो कुन विषयलाई नगर्ने हो भन्ने बारेमा समेत ध्यान दिन सकेका छैनन् ।
देउवा निवास पुगेका प्रकाशमानले सरकार परिवर्तन र पार्टीको पछिल्लो अवस्थाका बारेमा सामान्य कुरा गरेपनि मिनेन्द्र रिजाल भने घोस्से मुन्टो लगाएर बसेका थिए । उनले एक शब्द पनि नबोलेको बताइन्छ । त्यसो त देउवा र रिजालबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको छैन । देउवाको आडमा नै काँग्रेसको राजनीतिमा आएका मिनेन्द्रले देउवा विरुद्ध नै गतिविधि गरेर आफूलाई कोइराला परिवारको नजिक पुर्याएका थिए । कोइराला परिवारको आर्शिवाद र भारतको आडमा सूचना तथा सञ्चार मन्त्री समेत बन्न सफल भएका रिजाललाई देउवाले यो लोभी बाहुनलाई किन ल्याएको भन्दै उल्टै प्रकाशमानलाई हप्काएका थिए ।
प्रकाशमानले होइन दाइ जान्छु भन्यो र मैलै जाउ न त भनेर ल्याएको भन्दै थामथुम पारेका थिए । यसलाई बाहिर ननिकालीकन म तिमीहरुसँग कुरै गर्दिन भन्दै देउवा भोक्किएपछि प्रकाशमानले लौ मिनेन्द्र तपाई यसो चिया कफी लिदै गर्नुस् हामी एक छिन सम्वाद गर्छौ भन्दै मिनेन्द्रलाई बाहिर निकालेका थिए । यो सँग म कुरा गर्छु, यसले मलाई के के गरेको छ भन्दै प्रकाशमानसँग गुनासो गरेका थिए ।
हेर प्रकाश तिमीप्रति मेरो कुनै गुनासो छैन, तिम्लाई अहिले पनि म राम्रै मान्छु तर यो मिनेसँग मेरो सम्बन्ध हुन सक्दैन, देउवा अलिक नरम भएर भने । देउवा र प्रकाशमानबीच भएको सम्वाद उदृत गर्दै स्रोतले भन्यो यो मिने केन्द्रीय सदस्यमा समेत हार्ने थियो कसरी जित्यो हँ । यसलाई कुनै पनि जिम्मा दिने कुरा हुँदै हुन्न बरु तिमीहरुलाई यसो मिलाएर भागबन्डा गरौला तर मिनेको पक्षमा कुनै पनि प्रस्ताव लिएर नआउनु म स्वीकार गर्न सक्दिन । ( दैनिक नेपाल डट कम )



0 comments
प्रतिक्रिया दिनुहोस्...