कांग्रेसका अधिकांश नेताहरु सरकार ढाल्न अनेक षडयन्त्रमा लागिरहेको बेला सोही पार्टीकी नेतृ सुजाता कोइरालाले भने केपी ओली नेतृत्वको वर्तमान सकार कम्तीमा ५ वर्ष चल्नुपर्ने बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा नेपाली नेतृ कोइरालाले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको बताइन् । उनले भनिन्,‘सरकार परिवर्तनको कुरा गरेर मुलुकलाई अस्थिरतामा लानु हुँदैन ।’
े प्रजातन्त्रलाई बलियो बनाउनका लागि भएपनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेकाले तत्काल कानुन निर्माण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिादै उनले कााग्रेस जस्तो प्रजातान्त्रिक पार्टी निर्वाचनसाग डराउन नहुने बताइन् । संविधान निर्माण भइसकेको अवस्थामा जनताले आन्दोलन नचाहेको भन्दै आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा उनको जोड थियो । आफ्नो पार्टी नेपाली कााग्रेसले सरकारका राम्रा कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्दै जानुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा (एमाले)का नेता रघुविर महासेठले देश संक्रमणकालीन अवस्थामा रहेकाले वार्ता र सम्बादबाट मुलुकलाई निकास दिनुपर्ने बताए । उनले भने , ‘कुनै पनि दलका नेताले आफ्नो व्याक्तिगत र दलीय स्वार्थ छाडेर एकठााउमा उभिनुपर्छ ।”
नेता महासेठले नेपाली कााग्रेसका नेताहरुको भनाईप्रति लक्षित गर्दै फास्टट्रयाक नेपालीले बनाउन सक्दैनन् भन्ने कुरा झुट भएको बताए ।
एनेकपा (माओवादी)का नेता प्रभु शाहले निर्माण भएको संविधानलाई वार्ता र सम्बादबाट कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने ‘मधेसी पनि नेपाली जनता नै हुन् उनीहरुका जायज मागलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...