वैशाख २८ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
बैंग्लोरले किंग्स इलाभेन पञ्जावलाई एक रनले हराएको हो । बैंग्लोरले प्रस्तुत गरेको एक सय ७६ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ७४ रन मात्रै बनायो ।
पञ्जावका कप्तान मुरली विजयले ५७ बलमा ८९, मार्कस स्टोइनिसले २२ बलमा नटआउट ३४ तथा हासिम अमलाले २० बलमा २१ रन बनाए पनि हार टार्न सकेनन् । बैंग्लोरका सेन वाट्सनले दुई विकेट लिए । यसअघि मोहालीमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो । उसका लागि एबी डी भिल्यिर्सले ३५ बलमा ६४, लोकेश राहुलले २५ बलमा ४२, सचिन बेबीले २९ बलमा ३३ तथा कप्तान विराट कोहलीले २१ बलमा २० रन बनाए ।
पञ्जावका सन्दिप शर्मा र केसी कारिअप्पाले दुई दुई विकेट लिए । ९ खेलबाट ८ अंक जोडेको बैग्लोर सातौं तथा १० खेलबाट ६ अंक जोडेको पञ्जाव पुछारमा छ । – एजेन्सीको सहयोगमा



0 comments
प्रतिक्रिया दिनुहोस्...