काठमाडौं, २ जेठ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी शरद कुमार गिरीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सहायक रथी गिरीलाई वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । 
मन्त्रिपरिषदको उक्त बैठकले उपरथी शरद कुमार गिरीलाई उपत्यका पृतना हेडक्वार्टरको जिम्मेवारी सम्हाल्ने गरी सोही पृतनाको पृतनापतिमा पदस्थापन समेत गरेको थियो ।
दर्ज्यानी चिन्ह पाएसँगै उपरथी गिरीले आजैदेखि उपत्यका पृतना हेडक्वार्टरको जिम्मेवारी सम्हालेका छन् ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...