
‘चक्काजाम’ सफल बनाउन आज बिहान सडकमा उत्रिएका महासंघ आबद्ध मजदुर तथा नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजधानीमा कलंकी, चाबहिल, तीनकुने, बल्खुलगायतका स्थानमा चक्काजाम गर्न सडकमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘शान्तिपूर्ण प्रदर्शनमा हाम्रा यातायातकर्मी साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ’, सिटौलाले भन्नुभयो, ‘उनीहरूको सकुशल रिहाइको माग गदर्छौं ।’
बिहान ५ बजेदेखि सुरू भएको चक्काजाम बेलुका पाँच बजेसम्म जारी रहनेछ । यो समयभरि कालो नम्बर प्लेटका सवारी साधनलाई नचलाउने उहाँले बताउनुभयो । रातो नम्बर प्लेटका सवारी साधन पनि नचलाउन आग्रह गरिएको सिटौलाले उल्लेख गर्नुभएको छ ।
कालो नम्बर प्लेटका सार्वजनिक सवारी साधनहरू नचल्दा यात्रुले सास्ती बेहोर्नु परेको छ ।
उता, गृहमन्त्रालयले सार्वजनिक यातायातलाई अबरोध नगर्न आन्दोलनकारीसँग आग्रह गरेको छ । सार्वजनिक यातायात अत्यावसेक सेवामा पर्ने भन्दै गृह मन्त्रालयले चक्काजाम गर्ने यातायात व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...