-->
गर्मीमा खानेकुरा ताजा राख्ने ११ उपाय
Advertisement

गर्मीमा खानेकुरा ताजा राख्ने ११ उपाय

गर्मी महिनामा छोटो समयमै खाना बिग्रने गर्छ । जसले हामीलाई तनाब भएको हुन्छ । आज हामी तपाईलाई केहि टिप्सहरु दिदैछौ जसबाट तपाई खानेकुरा ताजा राख्न सक्नुहुन्छ ।

food 1१. बिर्सनै नहुने कुरा प्रिजको तापक्रम । फ्रिजमको तापक्रम ५ डिग्री सेल्सीयस भन्दा कम हुनुपर्छ । त्यस्तै फ्रिजरको तापक्रम १५ डिग्री सेल्सीयस देखी माईनस १८ डिग्रीसम्म हुनुपर्छ ।

२. फ्रिजमा राखेपछि केहि खानेकुराहरु छिट्टै खराब हुने गर्छन् । यदि कुनै खानेकुरा खाँदा तपाईलाई नराम्रो स्वाद आईरहेको छ वा बिग्रीएको महसुस गुर्न भएको छ भने त्यसलाई त्यसलाई तरुन्तै फ्याकीहाल्नुहोस ।

३. फ्रिजमा खानेकुरा राख्दा ध्यान दिनुहोस् । सामान राखीसकेपछि त्यहाँ हावा आउने जाने ठाउँ अवश्य होस् । ४. फ्रिजमा खाना राख्दा काचो र पाकेको फरक फरक स्थानमा राख्नुहोस् ।

५. गर्मी मौसममा सबैभन्दा धेरै फलफूल बिग्रने गर्छन् । बिशेषगरी केरा , र अन्य फलफूलहरु त्यति नै लिएर आउनुहोस् जती आवश्यकता पर्छ । फलफूलमा सबैभन्दा पहिले किरा लाग्ने गर्छन् । त्यस कारण फ्रिजमा राख्नुपर्ने गरी फलफूल नकिन्नुहोस् ।

६ .खाना बनाउने बित्तीकै फ्रिजमा नराख्नुहोस् । खानालाई पहिले सेलाउन हाल्नुहोस त्यसपछि मात्रै फ्रिजमा राख्नुहोस् ।

७. सागपातहरु लाई राम्ररी धोएर पेपर ब्याग हालेर फ्रिजमा राख्ने गर्नुहोस् । तिन दिनभन्दा धेरै तरकारी फ्रिजमा नराख्नुहोस् । तिन दिन भन्दा धेरै फ्रिजमा तरकारी राख्नाले तरकारी त बिग्रन्छ नै त्यसमा भएको भिटामीन पनि सकीएर जान्छ ।

८.दाल , भिजाएको गेडागुडी, उसीनेको आलु र चावल बिर्को लाग्ने डब्बामा राख्ने गर्नुहोस् ।

९ .दुधलाई फाट्नबाट बचाउनुहोस् । दुधलाई राम्रोसँग पकाउनुहोस् र सेलाएपछि फ्रिजमा राख्नुहोस् । बत्ती नभएको बेलामा ठूलो भाडोमा चिसो पानी हालेर त्यसभित्र दुधको भाँडो राख्नुहोस् । यसो गर्नाले दुध बिग्रन पाउँदैन ।

१० .फ्रिजमा धेरै सामानहरु नराख्नुहोस् । त्यस्तै फ्रिजलाई समय समयमा सफा गर्ने गर्नुहोस् । यति मात्रै नभयर फ्रिजबाट फलफूल निकालेपछि पखालेर मात्रै खाने गर्नुहोस् ।

११ गर्मी महिनामा एक हप्ताको लागी तरकारी कन्निु भन्दा हप्तामा दुई –तिनपटक किन्ने गर्नुहोस् । यसो गर्नाले ताजा तरकारी खान पाउनुहुनेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.