-->
दासढुंगा दुर्घटनाको २३ वर्ष : मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटना अझै रहस्यमै
Advertisement

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकलेा दुर्घटना रहस्यमय मान्दै आएका छन् ।9

भण्डारी र आश्रति चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रति दिवस मनाउने गरेको छ ।यसक्रममा एमालेले आज पुरानो पार्टी कार्यालय रहेको मदननगर बल्खुमा कार्यक्रमको आयोजना गरेको छ । स्मृति दिवसको कार्यक्रम राजधानी र दासढुङ्गा लगायत मुलुककका विभिन्न ठाँउमा आयोजना गरिने छ ।

तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुखको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।news24nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.