-->
खाली पेट चिया पिउनु स्वास्थ्यका लागि हानिकारक, जान्नुस् खतरनाक कारण
Advertisement

एजेन्सी । हाम्रो देशमा चिया पिउनु एउटा बानी नै हो । कुराकानी गर्दा चियाको चुस्की लिएन भने अधुरो जस्तै लाग्छ । देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछ । बेड(खाट) टीको कल्चर (संस्कार) सहरमा मात्रै छैन् बल्कि गाउँमा पनि मानिसहरु विहानीको सुरुआत चियाबाटै गर्छन् । तर, यो बानी राम्रो होइन् ।

स्वास्थ्यकालागि दूध चिया ठीक कि कालो चिया?

दुधको चिया शरीरमा गएर यसरी बन्छ विष

चियापत्तीले सेतो कपाललाई कालो बनाउँछ, अन्य घरेलु उपाय यस्ता छन्

भर्खरै भएका अध्ययनहरुलाई मान्ने हो भने खाली पेटमा चिया पिउनु एउटा खराब बानी हो । खासगरी गर्मी मौसममा । चियामा केही मात्रामा कफि हुन्छ र साथै यसमा एल–थायनिन, थियोफाइलिन पनि हुन्छ जसले उत्तेजितको काम गर्छ । हो । तपाईले विहान उठेर हल्का फुल्का नास्ता खाइसकेपछि चिया खान सक्नुहुन्छ । यसका साथै तपाई एकदमै चिया पिउनुहुन्छ भने सावधानी अपनाउनुस् । यसबाट पेटको आन्द्रामा हानी पुग्छ ।

केही मानिसलाई ब्ल्याक टी पिउन मनपर्छ । उनीहरुलाई चियामा दुध मिलाएर पिउनु राम्रो लाग्दैन् । तर, उनीहरुलाई शायद थाहा नहनुसक्छ कि स्वास्थ्यका लागि यो खतरनाक साबित हुनसक्छ । यसका साथै चियामा राखिने चिनीले तपाईलाई मोटो बनाउन सक्छ ।
विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः
१) विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
२) सामान्यतया ब्ल्याक टिलाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।

३) अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आउँछ ।
४) यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
५) कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.