-->
अमेरिकाको ताकत र वर्चस्वलाई चुनौति दिँदै चीन, भारत समेत तर्सियो !
Advertisement

काठमाडौं, १३ जेठ । अमेरिकाको ताकत र वर्चस्वलाई चुनौति दिँदै चीनले चाँडै नै प्रशान्त महासागरमा पहिलोपटक परमाणु मिसाइलहरुबाट पनडुब्बीहरु पठाउने भएको छ ।

चिनियाँ सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै बेलायती मिडियाहरुले अमेरिकाको नयाँ वेपन सिस्टमले चीनसँग रहेको प्रतिरोधक क्षमतामा दख्खल दिनेजस्तो देखिएपछि चीन अन्तिम विकल्पमा रुपमा प्रशान्त महासागरमा उत्रिन लागेको हो ।

बेलायती पत्रिका द गार्डियनले चिनियाँ सेनाको स्रोतलाई उद्धृत गर्दै यसबारे लामै रिपोर्ट छापेको छ । रिपोर्टमा चीनले यी पनडुब्बीहरुलाई महाशागरमा कहिले पठाउँदैछ भन्ने मिति उल्लेख छैन् । तर, स्रोत भन्छ यो यस्तो कदम जसलाई अब कुनै हालतमा कसैले रोक्न सक्दैन् । स्रोतका अनुसार अमेरिकाले ति कदमको बारेमा जानकारी गराएको छ जसबाट चीन आफूलाई असुरक्षित र खतराका रुपमा हेर्छ ।

यसका लागि उनीहरु (चिनियाँ सेना)ले अमेरिकाद्धारा दक्षिण कोरियामा थाड ऐन्टी ब्यालिस्टिक सिस्टम तैनाथ गरेको र हाइपरसोनिक ग्लाईड मिसलाइलको निर्माणलाई उदाहरण दिएका छन् । अमेरिकाको यो मिसाइल एक घण्टामै चीनलाई आफ्नो निशाना बनाउन समक्ष छ । जसले अहिले उत्तर कोरियालाई घेरिरहेको छ । यसका अलावा दक्षिण चीन सागरमा हालै जसरी अमेरिकाले चीनको वर्चस्वलाई चुनौति दिएको थियो त्यसको बदलामा चीनले प्रशान्त महासागरमा यस्तो कदम उठाउन लागेको समाचारमा उल्लेख छ ।

अमेरिकी रक्षा विभाग पेन्टागनले कंग्रेस(संसद)मा हालै प्रस्तुत गरेको एक रिपोर्टमा चीनले यसै वर्षभित्र प्रशान्त महासागरमा परमाणु हतियारसहितको पनडुब्बी पठाउन सक्ने उल्लेख गरिएको थियो ।

बेलायती पत्रिका द गार्डियनको रिपोर्टमा यदि प्रशान्त महासागरमा परमाणु क्षमतासहित पनडुब्बीहरु तैनाथ भएभने त्यसले दुरगामी असर पार्ने पनि उल्लेख गरेको छ । यो समाचारलाई भारतीय मिडियाले पनि प्राथमिकता साथ छापेका छन् । उनीहरुले यसले दक्षिण एसियामा बढी असर पर्ने भनेर चीनको यो तयारीको विरोध गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.