बैशाख ३०
प्रर्दशनको तयारीमा रहेको फिल्म बुद्ध बर्न नेपाल निर्माण गरेका रमित ढुङ्गानाले फेरी पनि अर्को फिल्म निर्माणको घोषणा गरेका छन । बुद्ध नेपालमै जन्मिएका हुन भन्ने संदेश दिने चलचित्र निर्माण गरेकोमा आफु खुसी भएको बताउदै रमितले पृथ्वीनारायण शाहको कथामा फिल्म निर्माण गर्ने बताएका छन् ।
‘अब म पृथ्वीनारायण शाहमाथि चलचित्र बनाउदै छु उनले भने अहिले त्यहि चलचित्रको स्त्रिmप्ट लेखनमा ब्यस्त छु । पृथ्वीनारायण शाहको विषयमा लामो समयदेखि अध्ययन गरी चलचित्र बनाउन लागेको उनको बताए ।
उनले मुलुक बनाउन ठुलो योगदान दिने र हामिले भुल्न नहुने ब्यक्तिहरुको बिषयमा चलचित्र बनाउदा आफुलाई खुसी मिल्ने बताए । ‘बुर्द्ध बर्न इन नेपाल’ नाम राखेर चलचित्र बनाएका रमित अहिले फिल्मको प्रोमोशनमा ब्यस्त छन ।
फिल्मले गौतम बुद्धलाई विश्वमा चिनाउन सहयोग पुर्याएको र नेपालमै जन्मिएका हुन भन्ने संदेश दिने उनको भनाई छ । केहि समयपछि हुने बौद्ध सम्मेलनमा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका रमित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चलचित्र देखाउने तयारीमा छन् । उक्त चलचित्रमा मोदीले बुद्ध भारतमा जन्मेका हुन् भनेका छन् । चलचित्र जेठ ७ गतेबाट देशभर चल्दैछ ।
नेपालजापान डट कमबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...