विराटनगर, ३१ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निर्क्यौल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार उनले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले वार्तामा बस्न नचाहेको जस्तो देखिएकाले अनावश्यक माग राखेर मुलुकमा अस्थिरता कायम गर्न नहुने बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री थापाले संविधानमा उल्लेख भएअनुसार नै सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए ।
उनले प्रमुख राजनीतिक दलले स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त नभएको बताउँदै सरकार राजनीतिक दलसँग निर्वाचनका बारे छलफलका लागि तयार रहेको जानकारी दिए ।
सरकार परिवर्तनको हल्लामात्र भएको भन्दै उनले आगामी संसद्को निर्वाचन वर्तमान सरकारले नै गराउने बताए । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...