-->
महारानीको कस्तो अचम्मको मन !
Advertisement


काठमाडौं, ५ जेठ । यहीँ, जहाँबाट कुनै बेला सिंगो देशको शासनसत्ता चल्थ्यो । महारानी खोक्दा पनि दरबारभन्दा आसेपासे सजग हुन्थे । र, आज त्यहीँ जहाँ छानोबाट पानी झर्छ ।man
बिजुली भनेको बेला बल्दैन । पिउने पानी पनि कहिलेकाहीँ त अभाव भइदिन्छ । र, महारानी कस्ता–कस्ता नजिकका मान्छे पनि नभेटी काल पर्खेर बसेकी छिन् । नेपालकै एक जना दु:खी महारानीको प्रसंग हो यो ।
नारायणहिटीभन्दा तत्कालीन राजा राजपरिवारका सबै सदस्य विदा भइसकेका पनि ९ वर्ष पूरा भयो । तर यी दुखी महारानी न नारायणहिटी छाड्छिन् न त्यहाँ सुखले बस्नै पाउँछिन् ।
उनी हुन् राजा महेन्द्रकी पत्नी रत्नराज्यलक्ष्मी शाह । भुकम्पले उनी बस्ने महेन्द्र मञ्जिल धुजाधुजा बनाएपछि सर्वसाधारणझैँ उनको बास नारायणहिटीभित्रैको एउटा अस्थायी टहरामा भयो ।
छोरा तथा पूर्वराजा ज्ञानेन्द्र र नातिनी बुहारी हिमानीले उनलाई निर्मलनिवास लैजान अनेक कोसिस गरे तर मानिनन् । उनको अडान हो, जहाँ महेन्द्रको मन बसेको थियो, मेरो मृत्यु त्यही हुनुपर्दछ । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.