-->
उत्तर कोरियाद्वारा नयाँ विदेशमन्त्रीमा रिलाई नियुक्त
Advertisement

दक्षिण कोरिया, ४ जेठ । उत्तर कोरियाले नयाँँ बिदेश मन्त्रीमा रि योङ होलाई नियुक्ति गरेको छ । दक्षिण कोरिया तथा अमेरिकासँग वार्ता अनुभव भएका रोजगार विज्ञ रिलाई प्याङयाङको विदेशमन्त्रीमा नियुक्त गरेको हो । दक्षिण कोरियाको बेलायतस्थित राजदूतावासले सोमबार पत्र पठाई विदेशमन्त्री नियुक्त गरिएको सम्बन्धमा बेलायती सरकारलाई जानकारी गराएको छ । रिले उत्तर कोरियाको उपविदेशमन्त्रीका रुपमा काम गरिसक्नुभएको छ ।259099651

केही दक्षिण कोरियाली विश्लेषकले गएको फेब्रुअरीमा प्योङयाङले गरेको चौथो आणविक हतियार परीक्षण तथा रकेट प्रक्षपणपछि दक्षिण कोरिया, अमेरिकालगायत विश्व समुदायसँग चिसिएको सम्बन्धमा सुधार गर्ने प्रयासमा अन्तर्राष्ट्रिय राजनीतिका जानकार कोरियाली कुटनीतिज्ञ रिलाई विदेशमन्त्री नियुक्त गरिएको बताएका छन् ।

लगातारका आणविक परीक्षण तथा पछिल्लो रकेट प्रक्षेपण पछि सोल, वासिङटनलगायत विश्व समुदायको दवावमा उत्तरकोरियामाथि कडा आर्थिक नाकाबान्दीको घोषणा गरिएको छ । रिले दक्षिण कोरियाको आणविक मामिला हेर्ने उच्च पदस्य अधिकारीलाई सन् २०११ मा इन्डोनेसियाको बालीमा भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा भाग लिने सिलसिलामा भेट गर्नुभएको थियो । भेटका क्रममा दुई कोरियाली प्रतिनिधिबीच आणविक हतियार सम्बन्धमा पुनः वार्ता गर्ने कुरामा सहमति भएको थियो ।

सो दुई कोरियाली प्रायद्वीपको सम्बन्ध सुधारका लागि एउटा ठूलो उपलब्धि भएको मानिएको थियो । यद्यपि दुई देशबीच सन् २००८ देखि रोकिएको वार्ता अहिलेसम्म सुरु हुन सकेको छैन । दक्षिण तथा अन्तर्राष्ट्रिय राजनीतिमा विशेष दख्खल राख्ने कुटनीतिज्ञलाई विदेश मन्त्रीमा नियुक्ति गर्नुलाई प्योङयाङको विश्व समुदायसँग सम्बन्धमा सुधार गर्ने प्रयासको कदम भएको विज्ञहरुको बुझाइ छ । उहाँले बेलायतका लागि उत्तर कोरियाली राजदूतका रुपमा पनि काम गर्नुभएको अनुभव छ । विदेश मन्त्री रि सन् १९९० को दशकमा प्योङयाङ–अमेरिकाबीच भएको वार्तामा समेत सामेल हुनुभएको थियो । एपी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.