-->
प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले भने, ‘विमलकी बहिनी मेरी गर्लफ्रेन्ड थिइन्’
Advertisement

जेठ १३
मनिषाको शब पोष्टमार्टमको लागि शव टिचिङ ल्याइँदै
मृतक मनिषा, उनकी आमा र बिमल बायाँबाट क्रमश । फाइल फोटो
काठमाडौं–नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मनिषाको हत्या आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले मनिषा आफ्नी प्रेमीका भएको दावी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार वास्तविक नाम रुद्र नारायण चौधरी भएका आशिषले त्यस्तो दावी गरेका हुन् । ‘उसले मेरो गर्लफ्रेन्ड हो भनेको छ, हामी अनुसन्धान गरिरहेका छौं’, एसपी चौधरीले भने ।
११ कक्षामा अध्ययनरत १७ बर्षिया मनिषाको शव विहीबार विहान नवलपरासीको बर्दघाट नगरपालीका–११ स्थित आफ्नै घरमा फेला परेको थियो ।
घरको खाटमा मृत अवस्थामा फेला परेको उनको शव पोष्टमार्टका लागी राजधानीको टिचीङ अस्पताल पठाउन लागिएको एसपी चौधरीले जानकारी दिए ।
स्थानीयहरुका अनुसार आशिष र मनिषाको घरका दुरी धेरै टाढा छैन ।
राजमार्ग छेउमा घर भएका आशिषले मंलबार साँझ नौ बजेतिर मनिषालाई फोन गरेर ‘आज जे पनि हुनसक्छ’ भन्दै धम्की दिएका थिए ।
घटना भएको रात मनिषाकी आमा बैंकको कामले वुटवल गएकी थिइन् । उनकी हजुरवुवा भने औषधी लिनका लागि चितवन गएका थिए । मनिषा घरमा एक्लै रहेको कुरा थाहा पाएका आशिष राती नै उनको घरमा पुगेर झगडा गरेको छिमेकी विकास गुरुङले बताए । प्रहरीका अनुसार झगडा गरेर आशिष बाहिरीएका थिए भने भोलिपल्ट (आज बिहान) बिहान घाँटीमा निलडाम लागेको अवस्थामा मनिषाको शव फेला परेको थियो ।
एसपी चौधरीका अनुसार मनिषाको घाँटीमा पासोले कसेको हुनसक्ने अनुमान गरिएको छ । चौधरी भन्छन्, ‘घाँटीमा पासोले कसेको हुनसक्छ, पोष्टमार्टमको रिपोर्ट नआइ थाहा हुँदैन ।’
स्थानीयहरुका अनुसार आशिष चौधरी र मनिषा प्रेम सम्वन्धमा रहेकोबारे दुवै पक्षका परिवार जानकार थिए । आपसी विवादमा हत्या भएको हो वा योजनाबद्ध हत्या हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।रातो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.