-->
दार्जिलिङमा गोर्खाल्याण्ड समर्थित दलको जित, भाइचुङ पराजित
Advertisement

जेष्ठ ७, २०७३- भारत पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनमा गोर्खाल्याण्ड समर्थित पार्टी गोर्खा जनमुक्ति मोर्चाका उम्मेद्धार विजयी भएका छन् ।

दार्जिलिङ, खरसाङ र कालिम्पोङमा मोर्चाका उम्मेद्धार विजयी बनेका हुन् । दार्जिलिङमा मोर्चा उम्मेद्धार अमरसिंह राईले तृणमूल कंग्रेसकी सारदा राईलाई ५० हजारभन्दा वढी मतअन्तरले पराजित गरे । खरसाङमा मोर्चाका डा. रोहित शर्माले तृणमूलकी शान्ता क्षेत्रीलाई करिब ४० हजार मतले हराए ।

gorkhaland

दार्जिलिङवाट हालै अलग्एिर छुट्टै जिल्ला वनेको कालिम्पोङमा जनआन्दोलन पार्टी समर्थित उम्मेद्धार डा. हर्क क्षेत्री मोर्चा उम्मेद्धार सरिता राईसँग पराजित भए । राईले क्षेत्रीलाई करिब १२ हजार वढी मतले हराइन् । कालिम्पोङ क्षेत्रमा बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पनि चासो थियो ।

भाइचुङ हारे

सिलिगुडी क्षेत्रबाट तृणमूल कंग्रेस उम्मेद्वार बनेका भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया राज्य विधानसभा निर्वाचनमा पराजित भएका छन् ।

माक्र्सवादी कम्युनिष्ट पार्टीका भेट्रान नेता अशोक भट्टाचार्यसँग भुटिया १४ हजार ७२ मतले पराजित भए । अघिल्लो वर्ष लोकसभा निर्वाचनमा गोर्खा जनमुक्ति मोर्चा समर्थित भारतीय जनता पार्टीका उम्मेद्वार एसएस अहलुवालियासँग उनी १० लाख भन्दा बढी मतले पराजित बनेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.