-->
उपचारका लागि बेल्जियम पुगेका बिमल साढे ९ बजे नेपाल फर्कदै
Advertisement

१४ जेठ, काठमाडौं ।बहिनी मनिषाको मृत्युको खबर पाएपछि उपचारका लागि बेल्जियम पुगेका राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर आज शुक्रबार बिहान नेपाल फर्कदै छन् ।

एन्फाका अनुसार विमल बिहान साढे ९ बजे कतार एयरबाट नेपाल फर्कने भएको छ । एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार बायाँ खुट्टाको लिगामेन्टको उपचारका लागि बिमल गएको वैशाख २९ गते बेल्जियम गएका थिए ।

बिहीबार नवलपरासी बर्दघाट–८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन । बुधबार घरमा एक्लै रहेकी उनी बिहीबार बिहान मृत अवस्थामा भेटिएकी थिइन । हत्या भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.