-->
कांग्रेस महामन्त्रीमा ससुरासँग भिडेका गगन एकाएक ससुराली जाँदा…
Advertisement

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा राजनीतिकसँगै पारिवारिक लडाइँ समेत लडेका गगन थापा र अर्जुननरसिह केसी निकै चर्चा र विवादमा तानिए ।सबैभन्दा बढी आलोचना गगनको भयो किनकी उनी आफ्नै ससुराका प्रतिस्पर्धी थिए । चुनावमा प्रतिस्पर्धीलाई ‘दुश्मन’ बराबर मानिन्छ ।दुर्भाग्य एकआपसमा भिडेका ससुरा र ज्वाई दुबै पराजित भए । महामन्त्री हारेपछि दुबैबीच सम्बन्ध चिसिएको खबर आएको थियो ।
तर, उक्त सम्बन्ध सुधार्न गगन मंगलबार गोंगबुस्थित ससुराली पुगेका छन् । उनी श्रीमती अञ्जना केसी र दुई छोरीसँगै ससुराली गएका हुन् । महामन्त्रीमा प्रतिस्पर्धी भएपनि ससुरा अर्जुनले गगनलाई ससम्मान स्वागत गरे ।ससुराली जाने अवसर जुराइदिएको थियो फागु पूर्णिमा अर्थात होली पर्वले । ससुराली पुगेर उनले ससुरासँग होली खेले । समाचार स्रोतका अनुसार उनीहरुबीच पारिवारिक सम्वाद मात्रै भएको थियो । राजनीतिक कुरा भने भएन् ।महामन्त्रीमा पराजित भएका थापा र केसी दुबै जनालाई सभापति शेबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.