काठमाडौं, १० चैत । उसै त महिलाको जिन्दगी, त्यसमाथि पतिबाटै अकल्पनीय लाञ्छनाको भारी । गम्भिर कुरा त के हो भने समाजलाई सबक सिकाउने एउटा पत्रकारबाट त्यही पेसा अँगालेकी पत्नी प्रताडित छन् ।यसरी कि मध्ययुगीन समाजमा पनि महिलामाथी यो तहको लाञ्छना सायदै लाग्थ्यो । कैलाली सदरमुकाम, धनगढीस्थित दैनिक अखबार ‘मर्निङबेल’ । ‘सेती साप्ताहिक’ का सम्पादक वीरेन्द्र रावलविरुद्ध काठमाण्डौ प्रहरी परिसरमा पत्नीमाथि नै विद्युतिय कारोबार ऐन आकर्षित हुने तहको अपराध गरेको सम्बन्धि जाहेरी दर्ता भएको छ ।टीकापुरकी पत्रकार निशा रावललाई नाताले भिनाजु पर्ने पत्रिकाका प्रकाशकले ‘विवाह गर्छु’ भनि सँगै राखे । छोरी जन्मिएपछि पत्नि स्विकारेनन् अनि अलग्गिँदा एक्लिएकी निशालाई एमाओवादी नेता लेखराज भट्टले दासयुगिन व्यवहारको व्यवहारसम्म गरे ।विरेन्द्र पत्नीमाथी अहिलेसम्म कसैले त्यस्तो प्रयास त गरेका छैनन् तर श्रीमान्ले दिएको असह्य पीडा खप्न नसकेर अढाई वर्षकी छोरी च्याप्दै उनी कोठमाडौमा रुँदै हिँडेकी छन् । वीरेन्द्र तीन महिनाअघि सवारी दुर्घटनामा खुट्ट ‘फ्र्याक्चर’ भई ‘बेडरेस्ट’मा छन् । थाहा छैन, बेडरेस्टमा रहेका उनले आफ्नै पत्नीलाई यहाँ लेख्न नमिल्ने तल्लोस्तरको भाषामा एसएमएस र इमेल लेख्न सकेका होलान् ?
समस्या यस्तो हो— एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारीको राष्ट्रिय सम्मेलन नजिकिँदा संगठनका केहि अगुवाले ‘प्रेस चौतारीका साथीहरु’ नाम राखेर एउटा भाइबर ग्रुप बनाए । चुनावको मुखमा बनेको उक्त गु्रपमा दिनानुदिन सहभागिको संख्या थपिने नै भयो । वीरेन्द्रपत्नीलाई सोही संगठनका एक सचिवले उक्त गु्रपमा ‘एड’ गरे । त्यसपछि उनले आफू केन्द्रिय सदस्यको दावेदार रहेको घोषणा पनि गरिन् ।यसैबीच, भाइबरमा एउटा आतंक चल्यो, अज्ञात युवतीको यौन आसनसहितको पूर्णनग्न तस्विरको । ग्रुपमा रहेका पत्रकारकै नाममा भाइबरमा फोटो पोस्ट हुने तर सम्बन्धित पत्रकारलाई आफ्नो नामबाट पोस्ट भएको फोटोबारे केहि थाहा नहुने ! फोटो ‘भाइरल’ बनेर जताततै गयो ।वीरेन्द्र पनि चौतारीको कैलाली जिल्लाका दूई कार्यकाल अध्यक्ष भएका व्यक्ति । उनी पनि त्यो ग्रुपमा थिए । नग्न फोटो भाइरल बनेपछि वीरेन्द्रले उक्त फोटो आफ्नै पत्निको भनी दावि गरे । त्यस्तो दावि उनले संगठनका अध्यक्ष र महासचिवसँग पनि गरे । त्यतिसम्मले त केहि भएको थिएन, जब त्यहि कुरा भनेर उनले पत्निलाई रातदिन एसएमएस लेख्ने र इमेल पठाएर मानसिक यातना दिने गर्न थाले, त्यसपछि कुरा जटिल भयो ।सामान्य मानवीय नैतिकता भएको मान्छेले दुस्मनकै पत्नी भए पनि त्यस्ता फोटोहरु फलानीको हो भन्दैन तर विरेन्द्रले आफ्नै पत्निको बेइज्जत गरे । फोटो उनको पत्नीको थिएन । पत्नीलाई पनि फोटो कसको हो र कसरी आयो भन्नेसँग चासो भएन । उनको चासो थियो, विहान, दिउँसो, राति–जतिसुकै बेला त्यो फोटोलाई लिएर पतिले दिएको यातनाबाट मुक्ति । त्यो फोटो भाइबरमा भाइरल हुनुमा पत्नीको कुनै हात थिएन । तर, वीरेन्द्रले सरोकारै नहुनुपर्ने विषयमा चाहिनेभन्दा बढि सरोकार राख्दा पत्निको फन्दामा पर्ने भएका छन् ।काठमाडौ प्रहरीले वीरेन्द्रलाई उपस्थित गराउन कैलाली प्रहरीलाई पत्राचार समेत गरिसकेको छ । फागुपर्वको कारण कार्यान्वयनमा ढिलाइ भएको र पर्व सकिनासाथ आवश्यक कारबाही गर्ने कैलालीका एसपी राजेन्द्र विष्टले बताएका छन् । यो पत्रकार जोडिबिच समस्या उत्पन्न भएको लामो समय भैसक्यो । सात बर्षअघि दाम्पत्य जीवन सुरु गरेका उनीहरुबिच पहिलो वर्षबाटै समस्या सुरु भएको हो । पति –पत्नीबीच समझदारी नहुँदा सहकर्मीले मिलाउने प्रयास गरे तर मिलेन ।त्यसपछि पत्नी–पतिलाई छाडि, नाबालक छोरीसहित काठमाडौ बस्न थालिन् । र, कैलाली जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा हालिन् । मुद्दा विचाराधीन छ । पतिचाँहि अहिले पनि पत्नीको नाममा दर्ता रहेको ‘मर्निङबेल’ पत्रिका सम्पादन गर्छन् । जनआस्था साप्ताहिकमा समाचार छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...