-->
नेपाली नोट चीनमा धमाधम छापिँदै
Advertisement

money exकाठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ‘अहिले द्रूत गतिमा प्रिन्टिङ भइरहेको छ,’ उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्ममा आइपुग्नेछ ।’ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड एन्ड सिक्टङ कर्पोरेसनलाई दिएको छ ।

बैंकले असारको अन्त्यसम्मा नयाँ नोट छापेर ल्याउन उत्तः कम्पनीसँग सम्झौता गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.