-->
कालोबजारी गर्न सबा पाँच लाख सिलिन्डर थप
Advertisement

काठमाडौं – खाना पकाउने ग्यासको हाहाकार भइरहँदा ग्यास उत्पादन गर्ने उद्योगले आफूखुसी सबा पाँच लाख थान नयाँ सिलिन्डर थपेका छन् । तर, यसबारे सिलिन्डर थप्न अनुमति दिने निकाय नेपाल आयल निगम भने मौन छ ।

सिलिन्डरको तौल र गुणस्तर निर्धारण गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभागमा नौ महिना (गत साउनदेखि चैत) को अवधिकमा ५५ वटा कम्पनीले पाँच लाख १६ हजार नयाा सिलिन्डर थपेको पूर्णविवरण छ । नियामक निकाय आयल निगम र उद्योगीको मिलेमतोमा अभावको फाइदा उठाएर यति ठूलो संख्यामा नयाँ सिलिन्डर थपिएको हो । आम उपभोक्ता महिनौं लाइनमा बसेर एक थान सिलिन्डर साट्न नसकेको अवस्थामा थपिएका नयाँ सिलिन्डर पहुँचका आधारमा बढी मूल्य लिएर घरानियाँ र उद्योग व्यवसायमा बिक्री हुने गरेको स्रोतले बतायो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.