-->
प्रचण्ड, वैद्य र बाबुरामले सामूहिक रुपमा अधिकारीको शवमा कम्युनिष्ट झण्डा ओढाए
Advertisement

चैत ६

काठमाडौं–माओवादी जनयुद्धका क्रममा शहीद घोषणा गरिएका बेनोज अधिकारीका पिता बाबुराम अधिकारीको आज निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको विरामी रहेका अधिकारीको विहान १० बजे उपचारकको क्रममा वीर अस्पतालमा निधन भएको हो । बेनोज अधिकारी उनका जेठो छोरा थिए ।
अधिकारीको आजै साँझ पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । पशुपतिमा दाह संस्कारको अन्तिम तयारी भइरहँदा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा माओवादी अध्यक्ष मोहन वैद्य र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि उपस्थित थिए ।
यसलाई संयोग नै भन्नुपर्छ, आज यी नेताहरु पशुपति आर्यघाटमा एउटै स्थानमा भेट भएका थिए ।
अधिकारीको शवमा तीनै नेताले सामूहिक रुपमा कम्युनिष्ट झण्डा ओढाएका थिए ।
Ratopati बाट 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.