-->
कतारले श्रमिकलाई जबरजस्ती काममा लगायो : एमनेस्टी
Advertisement

चैत १८ – मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले कतारले विश्वकप २०२२ का लागि चाहिने भौतिक संरचना निर्माणमा श्रमिकलाई जबरजस्ती काममा लगाएको आरोप लगाएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा कतार विश्वकपको तयारीको क्रममा भइरहेको मानव अधिकार हनन् रोक्न पूर्ण रुपमा असफल भएको पनि एमनेस्टीको आरोप छ । रंगशालमा निर्माणमा प्रयोग भएका श्रमिकको अधिकार नराम्रोसँग हनन् भएको एमनेस्टीले जनाएको छ ।
रंगशालमा निर्माणमा खटिएका कामदारको बासस्थान न्युन गुणस्तरको तथा ज्याला कम भएको एमनेस्टीको आरोप छ । यस्तै रोगारदाताले कामदारको पासपोर्ट पनि जफत गरेको एमनेस्टीले जनाएको छ । खालिफा अन्तर्राष्ट्रिय रंगशाल निर्माणमा खटिएका कामदारको अवस्था यस्तै रहेको छ । कतारले एमनेस्टीको आरोपप्रति चासो व्यक्त गर्दै छानबिन गर्ने जनाएको छ । गएको वर्ष कतारले काफला प्रणालीमा परिवर्तन गर्ने बताएको थियो । यो प्रणाली अन्तर्गत कामदारले रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न वा देश छोडेर जाँन पाउँदैनन् । तर प्रस्तावित परिवर्तनमा केही मात्रै सुधार भएको एमनेस्टीले जनाएको छ । कामदारले समयमा ज्याल पाएका छैनन् । एमनेस्टीले दुई ३१ जना कामदारको अन्तर्वार्ता लिएकोमा एक सय ३२ जना रंगशाला तथा ९९ जना ग्रिन स्पेसमा काम गर्ने थिए । ती अधिकांश कामदार दक्षिण एसियाली देशका थिए ।
रोजगारदातले भने अनुसार काम नगरे ज्याला नदिने, प्रहरीलाई बुझाउने वा देश छाडेर जान नदिने चेतावनी दिने गरेको एमनेस्टीले जनाएको छ । एमनेस्टीका अनुसार यसले गर्दा कामदार जस्तो सुकै अवस्थामा पनि काम गर्न बाध्य छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.