-->
मधेसमा सीके राउतको मनछुने कार्य, जनताले दिए धन्यवाद
Advertisement

– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १३ चैत । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले शनिबार एक कार्यक्रमकाबीच रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको देवनबक्सापुरमा आगलागी पीडितहरुको लागि राहत सामाग्री वितरण गरेको छ ।
चैत ८ गते उक्त गाउँमा आगलागीबाट १० वटा घर जलेर पुर्ण रूपमा नष्ट भएको थियो । गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा चन्द्रशेखर सोनार, विकास लोध, दिलिप यादव, सर्वेन्द्र आर एन गिरि मौर्य, निहाल खान लगायतको सहभागीता रहेको थियो ।
स्थानीय समाजसेवी दिनानाथ यादवको रोहवरमा चामल ३ कुन्टल, खाट १० थान, बिस्तारा १० थान, झुल १० थान, साडी १० थान, धोती कुर्ता तथा तरकारी समेत आगलागी पीडितहरुलाई वितरण गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।
सो अवसरमा आगलागी भएको देवनबक्सापुर गाउँमा गठबन्धनले सरसफाई कार्यक्रम समेत गरेको थियो । स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले गाउँमैआएर यसरी आफुहरुको समस्या बुझी राहत सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेको भन्दै स्थानीयबासीले गठबन्धनलाई धन्यवाद ज्ञापन गर्दै खुशी व्यक्त गरेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.