बर्दिया, १३ चैत । पूर्व-पश्चिम राजमार्गअन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको ओराही खोला नजिक ट्रिपर र माईक्रो जिप ठोक्किदा ९ जना घाईते भएका छन् ।
पश्चिमबाट नेपालगन्ज तर्फ आउँदै गरेको भे १ ज ६६७ नम्बरको उईङगर माईक्रो जीप र कर्णाली चिसापानी तर्फ गईरहेको ना ४ ख २३७० नम्बरको ट्रिपर ठोक्कीँदा ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
घाईते हुनेहरुमा बाँके कोहलपुरका ५२ वर्षीया खगीसरा गिरी, ६० वर्षीय नन्दलाल गिरी, बाँके कोरीयनपुरकी ३२ वर्षीया विपना गौतम र उमेर नखुलेकी बाँके बनकटुवाकी मैना बिक घाईते भएका छन् ।
यसैगरी रुपन्देहीका ११ वर्षीय वालक आर्यन पराजुली, कैलाली टिकापुरका २८ वर्षिया माया चौधरी, उमेर नखुलेका विरीन्द्रा ठकुल्ला र तिलु ठकुल्ला रहेको ईप्रका भुरीगाउँले जनाएको छ । घाईते सबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
तिब्र गतिमा रहेको माईक्रोले कारलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले नियन्त्रणमा लिएको छ । माईक्रो जीपका चालक भने फरार छन् ।




0 comments
प्रतिक्रिया दिनुहोस्...