एजेन्सी । घरपरिवार छाडेर जनताको सेवामा खटिने प्रहरी एक उच्च अधिकारी आफै कानुनको फन्दामा परेका छन् ।घरकी श्रीमती छाडेर परस्त्रीसँग सम्बन्ध राख्दै हिडेको र विहे गर्ने प्रलोभन देखाएर जिन्दगी बरबाद पारेको आरोपले भारतीय प्रहरीका एक जना एसपी कानुनको फन्दामा परेका हुन् ।उनले दुई जना महिलालाई प्रहरी कार्यालयमै ल्याएर यौनसम्पर्क राख्ने गरेको समेत खुलासा भएको छ । उनी हुन् एसपी सलविन्दर सिंह । जसलाई भारतको गृह मन्त्रालयले विभागिय कारवाही गरी पदबाट निलम्बन गरिदिएको छ ।
शुक्रवार एनआईएको रिपोर्टपछि पञ्जाब प्रहरीले उनीमाथि महिलाको यौन शोषण गरेको र दोस्रो विहेको प्रलोभन देखाएको आरोपमा जाँच सुरु गरेको छ । पञ्जाबका प्रहरी महानिर्देशकले होशियारपुरका वरिष्ठ प्रहरी अधीक्षक धनप्रीत कौरलाई घटनाबारे सत्यतथ्य पत्ता लगाउन जिम्मेवारी सुम्पिएका छन् ।एसपी सिंहले डिएसपी हुँदा १९९४ मा पञ्जाबको टांडा उरमुरकी एक महिलासँग नाटकीय विहे गरेका थिए । पाँच वर्षसम्म उनको जवानीमा खेलेका थिए । ती महिलाबाट एक बच्चाको पनि जन्म भएको थियो । त्यसपछि एसपी सिंह सरुवा भएपछि छाडेर हिडे ।
ति महिलाले प्रहरीमा उजुरी दर्ता गराउने प्रयास गरेपनि पावरका कारण दर्ता भएन् । कारवाही पनि भएन् । तर, अहिले उक्त घटनाको पर्दाफास भएपछि एसपी सिंहको जागिर गएको छ भने बुढेसकालमा कानुनी झमेलामा फसेका छन् । सिंहकी जेठी श्रीमती दिल्लीमा बस्दै आएकी छिन् ।
अनलाइन समाचारबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...