-->
पशुपतिमा बागद्वारबाटै शुद्ध जल ल्याउने अभियान
Advertisement

काठमाडौँ, पशुपतिनाथमा बाग्मती नदीको शुद्ध जल चढाउने क्रम रोकिएको चार दशकपछि बाग्मती नदीको शिर बागद्वारबाटै शुद्ध जल ल्याउने अभियान सुरु गरिएको छ ।
माता गुह्येश्वरी तथा श्री पशुपतिनाथ जलधारा व्यवस्थापन समितिले आज आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले बागद्वारबाटै जल ल्याउने अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, स्वामी कालीदास बाबा, डा रामप्रसाद उप्रेती, समितिका अध्यक्ष नीरविक्रम पौडेल, महासचिव शङ्कर पौडेल र अभियन्ता द्वारिकामानसिंह प्रधानलगायतले जनस्तरबाटै सहयोग जुटाएर बाग्मतीको शिर बागद्वारबाटै एक इन्चको पाइपमा शुद्ध जल ल्याउन लागिएको बताउनुभयो ।
यसअघि पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले पनि सुन्दरीजलबाट पशुपतिमा छुट्टै पाइपबाट शुद्ध जल ल्याउने सम्भाव्यता अध्ययन गर्नुभएको थियो । मङ्गलबार स्वामी कालीदास बाबाले कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा शुद्ध जल ल्याउने स्थलको शिलान्यास गर्नुभएको थियो ।
पशुपतिका भक्तबाट जुटाइएको सहयोगले गुह्येश्वरी र पशुपतिमा बागद्वारबाटै शुद्ध जल ल्याउन पहल थालिएको समितिले जनाएको छ । करिब २५ किमी दूरीबाट बाग्मती नदी किनारै किनार शुद्ध जल पशुपति क्षेत्रसम्म ल्याइने बताइएको छ । 
- News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.