मसलाले भान्छाका विभिन्न परिकारलाई स्वादिष्ट बनाउने काम गर्दछ । पहिले देखि नै जीराको प्रयोग गरिदै आएको छ । जीराले खानाका परिकारलाई स्वादिष्ट बनाउने मात्र नभएर स्वास्थमा सकारात्मक प्रभाव पार्दछ ।कोलेस्ट्रोललाई प्राकृतिक रुपले नियन्त्रण गर्ने, शरिरमा जम्मा भएको बोसो घटाउने र तौल घटाउन समेत जीराले मद्दत गर्दछ ।
अमेरिकाको क्यारोलिना क्यान्सर रिर्सच प्रयोगशालाको अध्ययन अनुसार कालो जीरामा क्यान्सर बिरोधी तत्व हुन्छ । पोटासियमको मात्रा पनि उपलब्ध हुनाले यसले मुटुको रोगलाई नियन्त्रण गर्दछ ।जीरामा उपलब्ध थाइमोल तेल र अन्य पदार्थले स्यालिभरी ग्रन्थीलाई सक्रिय बनाइ खाना पचाउन मद्दत गर्दछ । खाना अपच भएको बेला जीराको चिया खानाले फाइदा गर्दछ ।
अझ मोटो
पनको समस्या झेलिरहेकाहरुलाई यो बरदान सरह साबित भएको छ । तौल घटाउन जीरालाई निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।एक चम्चा जीराको गेडा एक गिलास पानीमा मिसाएर उमाल्ने । । पानी खैरो भए पछि आगो बन्द गरेर भाँडोलाई छोपेर राख्ने । खाना पचाउन र सामान्य पेटको दुखाइबाट मुक्ति पाउन दिनको तीन पटक सेबन गर्ने ।
ठूलो दुई चम्चा जीरा लिने र रातभर पानीमा भिजाउने । त्यही पानीलाई उमालेर चियाको रुपमा पिउने र भिजेको जीरा चपाउने ।एक चम्चा जीराको धूलो पाँच ग्राम दहीमा मिसाउने र सेबन गर्ने ।तीन ग्राम जीराको धूलोमा केही मात्रामा मह मिसाएर दिनकै सेबन गर्ने । सुप तथा खैरो चामलमा जीराको धूलो मिसाएर खाने ।
गाँजर र अन्य तरकारी काटेर उमाल्ने । उम्लिएको तरकारीमा लसुन टुक्रा पारेर राख्ने र कागती निचोरेर मिसाउने । त्यसमा जीराको धूलो छर्कने र बेलुका बेलुका सेबन गर्ने ।शरिर चिलाउने समस्या छ भने तातो पानीमा जीरा भिजाउने र पानी सेलाए पछि नुहाउने ।



0 comments
प्रतिक्रिया दिनुहोस्...