-->
पाकिस्तानमा अात्मघाती हमला, ५० बढीको मृत्यु
Advertisement

एजेन्सी, पाकिस्तानको लाहोरमा एक आत्मघाती बम हमलामा ५० जना भन्दाबढीको ज्यान गएको छ। सयजना भन्दाबढी घाइते भएका छन्। लाहोरको गुलशन ए इकबल पार्कमा हमला भएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
प्रत्यक्षदर्शीले यो अात्मघाती हमला भएको बताएका छन्। हमलाकारीले कम्मरको पेटीमा करिब १० केजीको बिस्फोटक पदार्थ बाँधेर आत्मघाती हमला गरेका बताइएको छ।
अाइतबार पार्कमा उल्लेख्य भिड थियो। भिड रोजेर हमलाकारीले बिस्फोट गराएको पाकिस्तानका स्थानीय संचार माध्यमले जनाएका छन्। सुरक्षाकर्मीले घटनास्थल कब्जामा लिएर उद्धारमा जुटेको छ। मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेका सुरक्षा अधिकारीहरूको हवला दिँदै समाचारहरूमा उल्लेख छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा भएको उक्त हमलाको निन्दा गरेका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.