-->
पच्चीस करोडको सुन्तला बिक्री
Advertisement

गोरखाका किसानले यसवर्ष २५ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। 

जिल्लामा पाँच हजार ८ सय २७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ। त्यहाँ उत्पादन भएका सुन्तला काठमाडौं, नारायणगढ, मुग्लिन, आँबु खैरेनी लगायत बजारमा बिक्री गरिन्छ। 

किसानले यस वर्ष ६ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाएका थिए भने उनीहरुले प्रतिकिलो ४२ रुपैयाँ देखि १ सय ३० रुपैयाँसम्ममा बिक्री गरेका थिए। जिल्लाका मनकामना, ताङ्लीचोक, देउराली, नारेश्वर, फिनामलगायत गाविस सुन्तलाका पकेटक्षेत्र मानिन्छन्। 

गोरखामा बर्सेनि पाँचवटा नर्सरीबाट चार लाखदेखि पाँच लाखसम्म सुन्तलाका बिरुवा उत्पादन गरी बिक्री गरिँदै आएको छ। त्यहाँ उत्पादित बिरुवा जिल्लाबाहेक काभ्रे, मकवानपुर, चितवन, गोरखा, लमजुङ तनहुँ, कास्की, पर्वत, स्याड्जा, बागलुङ, म्याग्दी, गुल्मी र अर्घाखाँचीमा समेत बिक्री गर्ने गरिएको बताइएको छ। रासस 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.