-->
अब एमालेको ध्यान आर्थिक क्रान्तितर्फः वरिष्ठ नेता नेपाल
Advertisement

रोल्पा– नेकपा एमालेको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। नेकपा एमालेद्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहाँ आई पुगेका नेता नेपालले यस्तो बताएका हुन्

'अब एमालेको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्छ। संविधान जारी गरेर राजनीतिक परिक्षा हामीले उत्तिर्ण गरी सक्यौं।' नेता नेपालले भने, 'हामी नेपाललाई समृद्ध र विकसित बनाउन सक्छौं। नेपालमा सम्भावनाहरु विद्यमान छन्।'एमालेले नौं महिने सरकारको कार्यकालमा लिएका 'नौ स' को नीति कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउन सकिने नेता नेपालको दाबी छ ।नेपालका नेताहरु आफ्नो देश आफैं चलाउन सक्षम रहेको पनि नेता नेपालले दावी गरे । उनले भने 'नेपालको मामिलामा कसैले टाउको दुःखाउन जरुरी छैन । हामी भारत र चीन दुबै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापना गर्न चाहान्छौं । नेकपा एमाले विदेशीको पछिपछि लाग्ने छैन।'उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाई नयाँ शक्ति नै नभएको बताए । उनले भने, 'बाबुरामको नयाँ शक्ति नै होईन । त्यो पुरानो बोटल, नयाँ रक्सी मात्रै हो।' युद्धकालमा आफूले बाबुरामलाई पार्टी कार्बाहीबाट जोगाएको पनि उनले स्मरण गरे।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.