-->
फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट
Advertisement

काठमाडौं – फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् । गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिन जान भएकी भुकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन् । व्यापारको लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोवाइल लुटपाट गराएकी हुन् । पिया उनका वास्तविक प्रेमी ललितिपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साता अघि पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.