काठमाडौं, १७ चैत । आफैले बोलाएका पाहुनाले सबका अगाडि आफैलाइ गाली गरे भने तपाईलाई कस्तो लाग्छ ? गत साता गृहमन्त्री शक्तिबहादुर बस्नेतचाहिँ गाली सुन्दै टाउको निहुराएर मात्र बसिरहे ।
प्रसंग नलसिंह गाड जलविद्युत आयोजनासँग सम्वन्धित थियो । संसदको सार्वजनिक लेखासमितिले नलसिंह गाडको ठेक्कापट्टामा अनियमितताको गन्ध आएकाले काम अघि नबढाउनु भनेकाले आयोजना क्षेत्र जाजरकोटका सांसद समेत रहेका मन्त्री बस्नेतमाथि काम फुकाइदिन दवाव परिरहेको थियो ।
बेलुकाबिहानैजसो निवासमा पुगेर नलसिंह गाडका कार्यकारी प्रमुख मोतीबहादुर कुँवरका साथै ठेकेदारले हत्तु पारेपछि मन्त्री लेखा समितिका सभापति जनार्जन शर्मालाई छलफलका लागि घरमै बोलाएका थिए । शर्मा त्यहाँ पुग्दा मन्त्री बस्नेत व्यस्त थिए । एकछिन एकछिन भन्दाभन्दै उनले निकैबेर कुनुपर्यो ।
युद्धका बेलामा सहकर्मीलाई चड्कन दिएर चर्चामा आएका जनार्दनलाई रिसको पारो चढिसकेको रहेछ । भित्रबाट एकजना महिला फुत्त निस्केर नमस्ते भन्दै हिडिन । त्यसपछी उनलाई के चाहियो र ? मन्त्रीकोमा पस्नै पाएका थिएनन, सोधिहाले, को त्यो आइमाई ? मन्त्री बस्नेत केही बोलेनन ।
शर्मा पड्किरहे यस्ता तस्कर र दलालहरुसँग गोप्यमा भेटेर के गर्न चाहेको हो ? एमाओवादी पार्टीलाई रसातालमा पुर्याउने बिचार छ ? मन्त्री बस्नेत केही पनि बोलेनन, मुन्टो मात्र निहुँराइरहे ।
ती महिला ठमेलतिर बस्ने विदेशी थिइन जसले नेपालमा चिनियाँ कम्पनीका लागि सहजीकरणको काम गर्छिन । बुधवार साप्ताहिकमा समाचार छ ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...