काठमाडौँ / सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ । विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् ।
वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ ।
उहाँले भन्नुभयो, “सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ । साथै नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ, त्यसकारण समयमै उपचार आवश्यक छ ।”



0 comments
प्रतिक्रिया दिनुहोस्...