काठमाडौं: टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र अस्ट्रेलियाबीच सोमबार राति भएको खेल हेर्ने क्रममा एक युवकको ज्यानै गएको छ ।
भारतले जितेको खेलमा देशभर खुसी मनाउने बेलामा भारतको बैंगलोरमा भने म्याच हेर्ने क्रममा ज्यानै गुमाए हुन् ।
बैंगलोरमा दुई देशबीचको खेल हेर्ने क्रममा साधरण कुराबाट शुरु भएको विवादले उग्ररुप लिँदा एक युवकले ज्यानै गुमाएका हुन् ।
बैंगलोरको जेसी नगर इलाकामा स्थानीय युवाहरु ठूलो पर्दामा खेल हेर्न जम्मा भएका थिए । जहाँ एक युवा जोन क्यानेडी आफ्नो कुकुरसहित खेल हेर्न पुगेका थिए । खेल भइरहँदा केही बेरसम्म त माहोल ठीकै थियो तर जब कुकुरले त्यहीँ भुक्न थाल्यो तब माहोल बिग्रियो ।
अचानक कुकुरले भुक्न थालेपछि खेल हेरिरहेका अन्य युवालाई डिस्टर्ब हुन पुग्यो । भुक्न थालेपछि त्यसका मालिक युवा जोन क्यानेडीलाई कुकर लिएर बाहिर जान आग्रह गरे । तर जोनले त्यो कुरा इन्कार गर्दै त्यहाँबाट निस्कन मानेनन् ।
जोनले नमानेपछि उनलाई अर्का एक युवकले त्यहाँबाट धकेलेर बाहिर पठाइदिए । तर केही बेरमै जोन खेल हेरिरहेको स्थानमा आफ्ना साथीहरुसहित आइपुगे ।
जोनले आफ्ना साथीहरुसहित आएर आफूलाई धकेलेर बाहिर निकाल्ने २० वर्षीय युवक अविनाशमाथि सिधै आक्रमण गरे ।
आफूलाई धकेलेर बाहिर निकाल्ने अविनाशमाथि जोनले फुटेको बियरको बोत्तले आक्रमण गरे । फुटेको बियरको बोत्तलले लागेर गम्भीर भएका अविनाशलाई अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
पुलिसले अविनाशको हत्यामा संलग्न जोनलाई पक्राउ गरि हिरासतमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।अन्नपूर्ण पोस्ट्बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...